काठमाण्डौ । महालक्ष्मी विकास बैंकको परासी शाखाले नवलपरासीको रामग्रामस्थित पृथ्वीचन्द अस्पताललाई विभिन्न सहयोग सामाग्री हस्तान्तरण गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत अस्पताललाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरिदिएको हो । 

बैंकको उक्त शाखाले सो अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । 

बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागि फलफुल पनि वितरण गरिएको थियो।