काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । 

नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ३  र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको छ । मूल्य समायोजनसँगै अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यस्तै, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । 

खाना पकाउने एलपीजी ग्यासको मूल्यमा चाहि कुनै हेरफेर भएको छैन । 

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य घटाइएको हो । आइओसीले प्रत्येक १५ १५ दिनमा निगमलाई नयाँ मूल्यसूचि पठाउने गरेको छ । यही आधारमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । 

तर, पछिल्लो समय भारतीयसहित अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटे पनि नेपालले भने सोअनुसार नबढाएकोमा सरकारको सर्वत्र आलोचना भइरहेको थियो । अन्तराष्ट्रिय बजारमा भाउ बढ्दा तत्कालै मूल्य समायोजन गर्ने निगम भाउ घट्दा भने मूल्य समायोजन गर्न तत्पर नहुने गरेको भन्दै आलोचना हुने गरेको छ ।