काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. २ का दरले घटाइएको छ। 

इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो। निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ। 

यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ।