काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो । 

नयाँ मूल्य सूचि मंगलबार मध्यरातिबाट लागू हुने बताइएको छ । 

आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट आएको नयाँ मूल्य सूचिका आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । 

नयाँ मूल्यसूचि अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरको ९७ रुपैयाँ पर्छ ।

निगमका अनुसार एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।