काठमाण्डौ । एउटा राम्रो कम्प्युटर तथा डेक्सटप खरीद गर्दा तपाईलाई कम्तीमा पनि २५ हजार रुपैयाँ लाग्छ । डेक्सटप कम्प्युटर नै लिनुुहुन्छ भने त्यसलाई राख्न घरमा अलग्गै स्थान बनाउनुपर्ने हुन्छ । तर, बजारमा यस्तो कम्प्युटर पनि आइपुुगेको छ, जसलाई तपाईले नेपाली ८ हजार रुपैयाँमै खरीद गर्न सक्नुुहुन्छ । 

कम मूल्य भएका कारण ल्यापटप र डेक्सटपको पीसीमा जस्तो सुविधा यसमा नहोला भन्ने चिन्ता हटाइदिनुहोस् । यो पीसीबाट समेत तपाईले ल्यापटपजस्तै मुुभी हेर्न सक्नुुहुन्छ, गेम खेल्न सक्नुुहुन्छ र यसमा आफूलाई चाहिने डेटा समेत स्टोर गर्न सक्नुुहुन्छ । यति मात्र होइन, तपाईले यो कम्प्युटरबाट अफिसको काम पनि गर्न सक्नुुहुन्छ । हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौका केही प्रतिष्ठित कम्प्युटर पसलमा समेत यो पीसी खरीद गर्न पाइन्छ । 

यो हो आधुनिक पोर्टेबल कम्प्युटर


डेस्कटप पीसीपछि ल्यापटपलाई पोर्टेबल कम्प्युटरको रुपमा लिने गरिन्थ्यो । तर, अब इन्टेल जस्ता कम्प्युटर उत्पादक कम्पनीले यो भन्दा पनि सानो कम्प्युटर पीसी पेश गरेका छन् । स्टिक पीसी वा पीसी स्टिकको नामबाट चिनिइने यो कम्प्युटर एउटा पेनड्राइभ भन्दा थोरै मात्र ठूलो हुन्छ । यसलाई तपाईले आफ्नो गोजीमा राखेर जसरी र जुन बेला समेत प्रयोग गर्न सक्नुुहुुन्छ । यसका लागि तपाईलाई ल्यापटपलाई जस्तै कहीँ लैजान न ब्यागको आवश्यकता पर्छ, न त डेस्कटपको जस्तो घरमा राख्नका लागि खालि ठाउँकै  । 

यसरी काम गर्छ स्टिक पीसीले


स्टिक पीसी तपाईको सामान्य डेक्सटप कम्प्युटर वा ल्यापटप जस्तै विन्डोज अपरेटिङ सिस्टमले सुुसज्जित हुन्छ । यसमा पनि ती सबै फङ्सनहरु हुन्छन्, जति फङ्सन एउटा कम्प्युटरमा हुन्छ । यसलाई तपाईले आफ्नो घरको टिभीमा जोडेर टिभीलाई नै कम्प्युटर समेत बनाउन सक्नुुहुन्छ । डेक्सटपको मनिटरमा समेत यसलाई कनेक्ट गर्न सकिन्छ । तर, यसका लागि तपाईको टेलिभिजन सेटमा एचडीएमआई पोर्ट हुनुपर्छ । स्टीक पीसीमा काम गर्नका लागि तपाईलाई ब्लुुटुुथ किबोर्ड र माउसको आवश्यकता पर्छ । 

यी कामहरु गर्छ स्टीक पीसीले 


पेन ड्राइभको साइजमा देखिने स्टीक पीसीबाट तपाईले वाइफाई इन्टरनेट, ब्लुुटुुथ र अन्य कयौं काम गर्न सक्नुुहुन्छ । 

यसलाई एचडीएमआई पोर्टमा कनेक्ट गरेर तपाईले युट्यूवबाट भिडियोहरु हेर्न सक्नुुहुन्छ । गेम खेल्न सक्नुुहुन्छ । एचडी मुुभी पनि हेर्न सक्नुुहुन्छ । 

यदि यो पीसीलाई अफिसको काम गर्नका लागि खरीद गरिरहनुुभएको छ भने यसमा तपाईले आफ्नो डेटा सुरक्षित गर्न सक्नुुहुन्छ । यसबाट माइक्रोसफ्ट अफिसमा मज्जाले काम गर्न सकिन्छ ।

यो हो ८ हजारमा आउने स्टीक


स्टीक पीसीको बजार मूल्य न्यूनतम ५ हजारदेखि अधिकतम १६ हजार रुपैयाँसम्म पर्नसक्छ । जति बढी मूल्य छ, उति नै धेरै विशेषताहरु पाउन सक्नुुहुन्छ । ८ हजारको हाराहारीमा आउने स्टिक पीसीमा आइरेवो स्मार्ट मिनी पिसी सबैभन्दा अगाडि आउँछ । क्वाड कोर सिपीयूू, ८ जीबी इन्टरनल मेमोरी तथा माइक्रोसफ्ट किबोर्डको साथमा यो प्राप्त हुन्छ । 

इन्टरनल मेमोरी कम छ भने पनि यसको एक्सटर्नल मेमोरी बढाउन सकिन्छ । ८ हजार रुपैयाँकै हाराहारीमा लेआक्सिस कम्पनीको स्टिक पीसी समेत खरीद गर्न सक्नुुहुन्छ । 

यी हुन् स्टीक पीसीका अन्य केही विकल्प


स्टीक पीसीको माध्यमबाट यदि तपाई कम्प्युटरको सबै र एड्भान्स विशेषताको आनन्द उठाउन चाहनुुहुन्छ भने तपाईले इन्टेल वा एसुुस क्रामबिट कम्पनीको स्टीक पीसी लिन सक्नुुहुन्छ । 

यी कम्पनीका स्टीक पिसीका लागि तपाईले ८ हजारदेखि २४ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । यी पीसीको साथमा तपाईले एड्भान्स विशेषता पनि पाउनुुहुुन्छ । इन्टेल कम्प्युट स्टीक, लेनोभो तथा एसुस क्रामबिट समेत कयौं यस्ता स्टीक पीसी तपाईले इकमर्स कम्पनी वा बजारबाट खरीद गर्न सक्नुुहुन्छ । 

यी विषयमा ध्यान दिनुहोला


बजारमा ५ हजारदेखि २४ हजार रुपैयाँसम्मका स्टीक पीसी उपलब्ध हुन्छन्, खरीद गर्नुभन्दा अगाडि तपाईले आफ्नो आवश्यकतालाई ध्यान दिनुपर्ने हुन्छ । यदि तपाई यूट्यूूव भिडियो हेर्न तथा इन्टरनेट चलाउन वा मुुभी हेर्नका लागि मात्र यस्तो पीसी लिन चाहिरहनुुभएको छ भने ८ हजार रुपैयाँसम्मको पीसी तपाईका लागि उपयुक्त हुन्छ । 

तर, यदि तपाईले एउटा कम्प्युटरले झै सबै काम स्टीक पिसीबाट होस् भन्ने सोचिरहनुुभएको छ भने चाहि इन्टेल तथा लेनोभो जस्ता कम्पनीको स्टीक पीसी तपाईका लागि उपयुक्त हुुनसक्छ । जसको मूल्य ८ हजारदेखि २४ हजार रुपैयाँसम्म हुनसक्छ । 

-bizshala/agnecy