काठमाण्डौ । यदि तपाई पैसासँग जोडिएका कतिपय कुरा आफ्नी पत्नीलाई भन्नुुहुन्न वा लुकाउनुुहुन्छ भने तपाई र तपाईकी पत्नीले निकै ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । अधिकतर मानिस आफ्नो आर्थिक योजना तथा खर्चको बिषयमा आफ्नी पत्नीसँग कुरा गर्नु उति धेरै आवश्यक ठान्दैनन्, तर यस्तो प्रवृतिले कतिपय अवस्थामा दाम्पत्य जीवनमा वैमनश्यता पैदा गरिदिन्छ र कतिपय अवस्थामा त सम्बन्धमै दरार उत्पन्न हुन्छ । यसबाहेक यदि तपाईले आफ्नो आर्थिक योजना र बचतको बिषयमा पूर्ण र सही जानकारी आफ्नी पत्नीलाई दिनुुहुन्न र कुनै दुर्घटना भइहाल्यो भने भविष्यमा तपाईकी जीवनसाथीले आर्थिक मामलामा निकै ठूलो सकस भोग्नुपर्ने हुनसक्छ । 

आम्दानीको बिषयमा सही जानकारी नदिनूू
साबजार डटकमका अनुसार कतिपय मानिस आफ्नो आम्दानीको बिषयमा समेत पत्नीलाई सही जानकारी दिंदैनन् । कैयन कारणले कतिपय मानिस यस्तो काम गर्छन् । कतिपय मानिसहरु आफ्ना भित्री योजनाहरुमा थाहै नदिई लगानी गर्ने गरेका कारण तलबको बिषयमा सही जानकारी कहिल्यै दिन उचित ठान्दैनन् । तर, यस्तो काम गर्नु गलत हो । यदि भविष्यमा तपाईको यस्तो झूठको बिषयमा पत्नीले थाहा पाइन् भने समस्या हुनसक्छ । यस्तो कदमले तपाईप्रति पत्नीको संशयपूर्ण नजर डूूल्न थाल्छ र तपाईले गर्ने हरेक कामप्रति शंका हुन थाल्छ । 

बचत वा लगानीको बिषयमा जानकारी नदिनू
यदि तपाई बचत वा लगानीको बिषयमा आफ्नी पत्नीलाई सही जानकारी दिनुुहुन्न भने यो पनि भविष्यका लागि समस्याको बिषय बन्नसक्छ । मेरी पत्नीलाई बचत र लगानीको बिषयमा ज्ञान नै छैन, त्यसकारण यस्तो बिषयमा उनलाई जानकारी दिइरहन के आवश्यक छ र ? भन्ने सोंच तपाईमा छ भने यो पूर्णतया गलत छ । यदि तपाईकी पत्नीलाई पैसाको प्रबन्धको बिषयमा समेत जानकारी छैन भने पनि यो बिषयमा तपाईले आधारभूत जानकारी दिनुपर्ने हुन्छ । यसबाहेक तपाईको लगानी र बचतको बिषयमा जानकारी दिनुुभयो भने तपाईकी पत्नीको आत्माविश्वास बढ्नेछ । 

आर्थिक योजनाको बिषयमा एकल निर्णय लिनूू
अधिकांश मानिस आर्थिक योजना बनाउँदा एक्लै निर्णय लिन्छन् र उनीहरु आफ्नी पत्नीसँग कुनै सल्लाह नै लिंदैनन् । यो पनि गलत प्रवृति हो । त्यसकारण आर्थिक योजना बनाउँदा आफ्नी पत्नीसँग सल्लाह गर्ने गर्नुहोस् । जस्तो: तपाई लामो समयका लागि आर्थिक योजना बनाउन खोज्नुुहुँदैछ, हुनसक्छ तपाईकी पत्नी चाहि मध्यम अवधिको मात्र योजना बनाउन चाहिरहेकी छिन् । यस्तो अवस्थामा वैमनश्यता पैदा हुन्छ । तपाईको प्राथमिकता घर खरीद गर्ने हुनसक्छ, जबकि तपाईकी पत्नीको प्राथमिकता अरु नै हुनसक्छ । यस्ता कारणले समेत दाम्पत्य जीवन बिग्रन सक्छ । त्यसकारण यस्ता आर्थिक योजना वा कुनै आर्थिक निर्णय गर्दा आफ्नी पत्नीलाई समेत पूर्ण भरोसा गर्न सक्नुुपर्छ । 

बचत र बिमाको कागजको बिषयमा जानकारी नदिनूू
धेरै मानिस बचत र बिमा योजनासँग जोडिएका कागजपत्र आफूसँगै राख्छन् । कतिपय अवस्थामा परिवारका सदस्यहरुलाई नै थाहा हुन्न कि कागजपत्रहरु कहाँ राखिएका छन् भन्ने कुरा । यस्तो अवस्थामा यदि बचतकर्ता वा बिमाकर्ताको अचानक मृत्युु भयो भने परिवारका सदस्य वा तपाईकी पत्नीलाई थाहा नहुनसक्छ कि कहाँ कति बचत छ र बिमा दाबी गर्नका लागि के गर्नुपर्ने हुनसक्छ ?यसकारण प्रत्येक लगानीकर्ताले आफ्नी पत्नीलाई जीवनको अनिश्चितताको बिषयमा बताउनुुहोस् र यस्तो अवस्थामा अति आवश्यक कागजात के हुन्, र त्यसलाई कसरी प्रोसेस गर्ने हो भनेर भन्नुहोस् । यस्ता अति आवश्यक सबै जानकारी आफ्नो लाइफ पार्टनरलाई भन्ने गर्नुहोस् । 

संयुक्त खाता
अधिकांश मानिस बचतको अधिकांश रकम आफ्नै नाममा मात्र खाता खोलेर राख्छन् । यो नैतिक रुपमा गलत काम होइन, तर बचतकै उद्देश्यले तपाईले आफ्नी पत्नीसँग संयुक्त खाता खोल्न सक्नुुहुन्छ । यदि तपाईकी पत्नी जागिरे होइनन् भने पनि संयुक्त खाताले उनमा समेत बचतप्रति आकर्षण बढ्नेछ । यस्तै, बचत तथा बैंक अकाउण्टको बिषयमा समेत जानकारी हुनेछ । यसले आपसी विश्वास मात्र बढाउँदैन, तपाईकी पत्नीको आत्मविश्वास समेत उच्च बनाइदिन्छ ।