काठमाण्डौ । सेयरहरुको आपूर्तिको तुलनामा माग कयौं गुणा बढी भइरहेको बेला एक जलविद्युत विकास कम्पनीले पनि १४ लाख कित्ता प्राथमिक सेयर निश्कासन(आइपीओ)को तयारी थालेको छ । 

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आइपीओको  तयारी थालेको हो । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख ६० हजार र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता सेयर आइपीओ गरिने कम्पनीले जनाएको छ । १ सय अंकित मूल्यको हिसाबले १४ करोड रुपैयाँको सेयर निश्कासन हुन लागेको हो । 

कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको रुपमा एस क्यापिटल लिमीटेड नियुक्त भएको छ । 
आइपीओ कहिलेदेखि हुने हो भन्ने मिति चाहि तय भइसकेको छैन । 

रैराङ हाइड्रोले ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गर्दैछ । यो आयोजना चालु आर्थिक वर्षको अन्तसम्ममा निर्माण गरिसक्ने लक्ष्य  लिइएको छ । यो रैराङ अरुण भ्याली हाइड्रोपावरको सहायक कम्पनी हो ।