काठमाण्डौ । आफूले बचत गरेको रकमले सकेसम्म चाँडो राम्रो रिटर्न दियोस् भन्ने चाहना जोकोहीलाई हुन्छ । आजको समयमा नेपालको बित्त बजारमा बैंकको मुद्धती बचतदेखि म्युचुअल फण्ड, सरकारी  ऋणपत्रहरुमा समेत लगानीका  बग्रेल्ती अवसरहरु  खुलेका छन्। तपाईले यो क्रममा यी अलग अलग स्कीममा लगानी गर्दा पाइने रिटर्नको बिषयमा त पत्ता लगाउनु नै होला, तर कुन चाहि स्किममा लगानी गरिएको पैसा कति समयमा बढेर दुईगुणा(दोब्बर) हुन्छ भन्ने कुरा पत्ता लगाउन चाहि कठीन छ । धेरै मानिसले  यस्ता विभिन्न बचत स्किम तथा लगानीका उपकरणहरुमा पैसा लगाउँछन्, तर उनीहरुमध्ये अधिकांशलाई कुन चाहि स्किममा  कति समयमा पैसा बढेर दोब्बर हुन्छ भन्ने कुराको प्रष्ट ज्ञान हुँदैन ।

आज हामीलाई एउटा विशेष सूत्र(फर्मूला) बताउन गइरहेका छौ, जसले निकै  सहज ढंगले तपाईलाई आफूले गरेको लगानी कहाँ र कति समयमा दोब्बर हुन्छ भन्ने कुरा बताइदिनेछ । यो फर्मूला हो रुल अफ सेभेन्टी टू । यो फर्मूलाको  माध्यमबाट तपाईको पैसा कहिले डबल हुन्छ भन्ने कुरा पत्ता लगाउन १ मिनेट मात्र लाग्नेछ । यो सूत्रलाई प्रयोगमा ल्याएर तपाईले कहाँ लगानी गर्ने भन्ने बिषयमा समेत निर्णय लिन सक्नुहुनेछ ।

यसरी हिसाब गर्नुहोस्
फाइनान्सको खास नियम तथा सूत्र हो रुल अफ सेभेन्टी टू । विज्ञले समेत यसलाई सबैभन्दा सटिक सूत्र मान्छन् । यही सूत्रबाट कति दिनमा आफ्नो पैसा डबल हुन्छ भन्ने कुरा विज्ञहरुले समेत पत्ता लगाउने गर्छन् । यो अन्तराष्ट्रिय क्षेत्रमा समेत चलेको नियम हो ।

उदाहरणका लागि  तपाईले यदि कुनै बैंकको खास स्किममा पैसा लगाउनुभयो, जहाँ तपाईलाई वार्षिक औसतमा ८ प्रतिशत ब्याज प्राप्त हुन्छ । यसमा तपाईले यो नियम अनुसार ७२ लाई ८ ले भाग गर्नुपर्छ । ७२/८=९ वर्ष । अर्थात यो स्किम अन्तर्गत तपाईको पैसा ९ वर्षमा दोब्बर हुनेछ ।

फर्मूला ७२ ले ब्याजदरको हिसाबबाट अवधिको सटिक आँकलन गरिदिनेछ भने यसमा ६ देखि १० प्रतिशत ब्याजदरको हिसाबबाट पनि अवधि निकाल्न सहज हुनेछ ।

कुन स्किमका कति दिनमा पैसा डबल ?
उदाहरणका लागि एनआइसी एशिया बैंकले मुद्धती निक्षेपमा ११ प्रतिशत ब्याजदर अफर गरेको छ । यो ब्याजदर निरन्तर कायम भएमा  तपाईको पैसा साढे ६ वर्षमा   दोब्बर हुनेछ ।

यस्तै,  राष्ट्रबैंकले केही समयअघि निकालेको बचत ऋणपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत अफर गरेको थियो । यो ब्याजदर निरन्तर कायम भएको खण्डमा यहाँ लगाएको पैसा दोब्बर हुन  ८ वर्ष लाग्नेछ ।

यस्तै, पछिल्ला वर्षहरुमा कैयन म्युचुअल फण्ड्सहरुले वार्षिक ८ देखि १२ प्रतिशतसम्म रिटर्न दिइरहेका छन् । १२ प्रतिशत वार्षिक रिटर्नको हिसाबले तपाईको पैसा  दोब्बर हुन मात्र ६ वर्ष लाग्नेछ ।