काठमाण्डौ । यदि कसैले तपाईलाई चेक दियो र त्यो चेक बाउन्स भयो भने तपाईलाई लाग्ला कि पैसा दिने व्यक्तिको खातामा पैसा रहेनछ । पैसा नभएकै कारण चेक बाउन्स भएको सोच्नुुहोला । तर कुनै पनि चेक बाउन्स हुने एक मात्र कारण यो होइन । हामी तपाईलाई चेक बाउन्स हुने यस्तै केही कारण बताउन गइरहेका छौ । 

गलत हस्ताक्षर
यदि तपाईलाई चेक दिने व्यक्तिले उसको अकाउण्ट खोल्दा ताका उसले गरेको हस्ताक्षर भन्दा भिन्न हस्ताक्षर गरी चेक दियो भने यसले समेत चेक बाउन्स हुन्छ । 

पुरानो चेक
यदि तपाईलाई ३ महिनाअघिको मिति राखेर चेक दिइयो वा भविष्यको कुनै मिति राखेर चेक दिइयो भने यसबाट समेत चेक बाउन्स हुन्छ । कारण ३ महिना पुरानो मितिमा काटिएको चेक तथा भविष्यको कुनै मिति राखेर काटिएको चेक बैंकले रिजेक्ट गरिदिन्छ । 

नाम वा मितिमा केरमेट
यदि तपाईले चेकमा पहिला कसैको नाम र पछि त्यसलाई काटेर अर्को नाम लेख्नुुभयो र मितिमा समेत यस्तै केरमेट गर्नुभयो भने बैंकले यस्तो चेकलाई रिजेक्ट गरिदिन्छ र तपाईको चेक बाउन्स हुन्छ । यति मात्र होइन, तपाईले चेकमा उल्लेख गरेको अमाउण्टमा केरमेट समेत स्वीकार्य हुन्न । 

अकाउण्ट फ्रिज हुँदा
तपाईको अकाउण्ट वा तपाईले लिने चेकवालाको अकाउण्टमा लाखौं पैसा रहे पनि त्यो अकाउण्ट कुनै कारणले फ्रिज भएको छ भने त्यस्तो खाताको चेक समेत बाउन्स हुन्छ । 

कम पैसा
तपाईले प्राप्त गरेको चेकमा उल्लेख गरेको राशि भन्दा कम पैसा सम्बन्धित अकाउण्टमा छ भने त्यस्तो चेक बाउन्स हुन्छ ।