काठमाण्डौ । देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पोखरा फाइनान्स लिमीटेडको एफपीओलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ । 

यो रेटिङले पोखरा फाइनान्स आधारभूत रुपमा कमजोर कम्पनी रहेको इंगित गर्छ । यसर्थ, यस्ता कम्पनीको एफपीओमा लगानी गरे डूूब्न सकिन्छ । 

पोखरा फाइनान्सलाई धितोपत्र बोर्डले प्रिमियम मूूल्यसहित प्रति कित्ता २ सय २० रुपैयाँको दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासनको अनुमति दिएको थियो । 

इक्रा नेपालले कम्पनीको अवस्था हेरेर रेटिङ दिने गरेको छ । राम्रो अवस्थाको कम्पनीलाई १,२ र ३ सम्मको रेटिङ दिइन्छ भने अवस्था कमजोर रहेका कम्पनीलाई ४ र ५ को रेटिङ प्रदान गरिन्छ।

पोखरा फाइनान्सले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७ करोड २ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ६५  करोड ५७ लाखको उचाईमा पुुग्नेछ भने प्रिमियमबापत प्राप्त ११ करोड ८० लाख रुपैयाँ सञ्चित कोषमा जम्मा हुनेछ । यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २ सय ४५ रुपैयाँ रहेको छ ।