काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले पोखराको पुरुञ्चौरमा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

पोखरा महानगरपालिका वडानबर १९ स्थित पुरुञ्चौरमा साउन ६ गते एक समारोहका बीच सो शाखा कार्यालय उद्घाटन भएको हो । 
बैंकको यो शाखा ९७ औं शाखा हो । 

शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए । 

कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरm चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेशप्रमु्ख टुबराज बास्तोलालगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।