काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्नो सेवा बिस्तारको क्रममा पर्यटकीय नगरी पोखराको छोरेपाटन शाखाबाट एटीएम संचालनमा ल्याएको छ । 

यो एटीएम टर्मिनलमार्फत लुम्बिनी विकास बैंकका ग्राहकहरुका साथै भिसा आबद्ध अन्य बैंक वित्तीय संस्थाका ग्राहकले समेत सहज रुपमा कारोबार गर्न सक्नेछन् । 

लुम्बिनी विकास बैंकले हाल देशभर रहेका ६५ शाखा तथा १३ एटीएममार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।