काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले कास्कीको पोखरास्थित पावरहाउस चौकमा शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा उद्घाटन गरेको छ । 

पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोकस्थित पावर हाउसचोक शाखाको एनआइसी एशिया बैंक लिमीटेडका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले बुधबार एक भव्य समारोहका बीच उद्घाटन गरेका हुन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ ।