काठमाण्डौ । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले र सिप्रदी ट्रेडिङको आधिकारीक बिक्रेता दिप मोटर्स प्रा. लि.को सहकार्यमा गत वर्ष झै यस वर्ष पनि देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यही जेठ ४ र ५ गते पर्यटकीय तथा रमणीय शहर पोखरामा आयोजना गर्ने भएको छ । 

बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङको कार्यालय बुद्धचोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ । 

यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न सक्नेछन् ।

मेलामा ग्राहकहरुले अन द स्पट फाइनान्सिङका साथै  पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन र एक्सचेञ्ज लोयाल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ । 

पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेको छ । यो मेला २ दिन सम्म चल्नेछ । 

मेलामा निःशुल्क प्रवेश पाइने, टेस्ट ड्राइभको व्यवस्था र फोटोसुटको सार्थ स्वादिष्ट परिकारका स्टल समेत रहने बताइएको छ।