काठमाण्डौ । किङ्स लाउञ्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । 

स्थापनाको पहिलो वर्ष पूरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । 

बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् । 

लाउञ्जले काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पर्यटकीय नगरी पोखराबासीको चहनालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको लाउञ्जका अध्यक्ष श्रेष्ठले बताए । 

पोखराबाट किंग्स लाउञ्जले उत्कृष्ट सेवा दिने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठको भनाई छ । 

लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउनेछ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निशुल्क केक उपलब्ध गराउनेछ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागी महिलाहरुलाई ककटेल निशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ ।

खेलप्रेमीहरुलाई लक्षित गर्दै लाउञ्जले १८ फिट लम्बाई तथा १२ फिट उचाईको फूल एचडी स्क्रीनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुको प्रत्यक्ष प्रशारण समेत गर्नेछ । यसले पोखराका खेलप्रेमीहरुका लागि किग्ंस लाउञ्ज उचित गन्तव्य बन्ने अपेक्षा गरिएको छ । 

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।

छोटो समयमा आफुलाई देशकै नमूना रेष्टुरेण्ट बनाउन सफल भएको दाबी लाउञ्ज व्यवस्थापनको छ । यही सफलतालाई केन्द्रमा राखेर पोखरासँगै मुलुकका अन्य शहरमा पनि बिस्तारै शाखा बिस्तार गर्दै लैजाने लाउञ्ज व्यवस्थापनले जनाएको छ । 

लाउञ्जले दिउँसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि खुल्ने लाउञ्जले लेट नाइटसम्म सेवा दिने छ ।