काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा महानगरपालिका–४ चिप्लेढुंगामा नयाँ शाखा शुभारम्भ गरेको छ ।

शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुरी जीसीले गरे । योसँगै फाइनान्सको काठमाण्डौको पाको न्युरोड, काभ्रेको बनेपा र पोखरीमा गरी तीनवटा शाखा भएको छ । काठमाण्डौको तीनकुनेमा कर्पोरेट कार्यालयमा रहेको फाइनान्सले न्युरोडको मुख्य शाखासहित तीनवटा शाखा र ललितपुरको पुल्चोक, महालक्ष्मीस्थन तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

उद्घाटन समारोहमा फाइनान्सका अध्यक्ष किशोरकुमार महर्जनले निकट भविष्यमा धनुषाको सबैला र महेन्द्रनगर, सर्लाहीको मलंगवामा नयाँ शाखा सञ्चालनमा ल्याइने जानकारी गराए ।