काठमाण्डौ । प्रभु बैंकले थप शाखा सञ्जाल सहित आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

बुधबारका दिन विहान ११ बजे पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचनले एक समारोहका बीच उद्घाटन गर्नुभयो । 

पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेखबहादुर तामाङले एक समारोहका बीच समुद्घाटन गर्नुभएको हो।

त्यसैगरी. पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले एक समारोहका विच समुद्घाट्न गर्नुभएको हो । 

पोखरा महानगरपालिकास्थित बैंकका शाखा कार्यालयहरु समुद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ भने हालसम्म बैंकले  १५७ वटा एटीएम, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।