काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मेयरका उम्मेद्वार कांग्रेसका उम्मेद््वार भन्दा झिनो मत अन्तरले मात्र अगाडि छन् । 

हालै प्राप्त ताजा मत परिणाम अनुसार एमालेका मानबहादुर जिसीले १० हजार ५ सय ४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका रामजी कुँवरले १० हजार ४ सय १ मतले पछ्याइरहेका छन् । 

यस्तै, उपमेयरमा एमाले उम्मेद्वारले १० हजार १ सय ४९ प्राप्त गरेका छन् भने कांग्रेसका उपमेयरले ९ हजार ६१ मत प्राप्त गरेका छन् ।