काठमाण्डौ । सबैभन्दा ठूलो महानगर लेखनाथ पोखराको मध्यरातिको मतपरिणाम प्राप्त भएको छ । 

मध्यरातमा सार्वजनिक मतपरिणाम अनुसार एमालेले २७ सय बढी मतको अग्रता लिएको छ । 

एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले २५ हजार ९६ मत ल्याएका छन् भने उनलाई कांग्रेसका रामजी कुँवरले २२ हजार ३ सय ४६ मतले पछ्याइरहेका छन् । 

उपमेयरमा पनि एमालेकै अग्रता छ । एमालेकी मञ्जुु गुरुङले २३ हजार ६ सय ७४ मत ल्याएकी छिन् भने उनलाई कांग्रेसकी सरस्वती गुरुङले २१ हजार ९३ मतले पछ्याइरहेकी छिन् ।