पोखरा । उपभोक्ताहरुको बदलिदो चाहानालाई मध्यनजर गर्दैै गोर्खा ब्रुअरीले बुधबार एक कार्यक्रमबीच पोखराको माउन्ट कैलास रिसोर्टमा नेपालको पहिलो प्रिमियम स्ट्रोङ्ग बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् लञ्च गरेको छ । 

सो कार्यक्रममा गोर्खा ब्रुअरीका व्यवसायिक साझेदार, आधिकारीक वितरक, थोक विक्रेता, खुद्रा बिक्रेता साथै मिडियाका प्रतिनिधि र सेलिब्रेटिहरुको उत्साहजनक सहभागिता थियो । 

सन् १९९० मा गोर्खा ब्रुअरीले  नेपाली बजारमा प्रस्तुत गरेको टुवोर्ग बियर नेपालमा भित्रने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड हो । सन् १८८० देखि नै  विश्व बजारमा आम उपभोक्ताहरुले यसमा रहेको अद्भुत गुणस्तर र ताजा स्वादको आनन्द लिदै आईरहेका छन् । नेपालको सबैभन्दा ठूलो बु्रअर, गोर्खा ब्रुअरीले ल्याएको यो इनोभेसनले आफ्नो बजार नेतृत्वलाई थप बढावा र निरन्तरता दिने कम्पनीले विश्वास गरेको छ । 

उक्त अवसरमा सेल्स डाईरेक्टर काजीमान सुब्बाले भने, “टुबोर्ग बियर नेपालमा  नं. १ अतर्राष्ट्रिय बियर ब्रान्ड हो, यसमा रहेको स्वाद, गुणस्तर र आकर्षक प्याकेजिङ्गका कारणले यस बियरलाई ग्राहकहरुले अत्यधिक रुचाएका छन् । टुबोर्ग क्लासिकसँग हाम्रो मुुख्य उद्देश्य भनेको नेपाली बजारप्रति हाम्रो प्रतिबद्धतालाई अझै मजबुत बनाउनु र हाम्रो पोर्टफोलियोलाई अझै विस्तार गर्ने हो । प्रिमियम स्कच माल्टस् टुबोर्ग क्लासिकले नयाँ पुस्ताका बियरप्रेमीहरुलाई फरक प्रिमियम स्वाद प्रदान गर्दछ । अन्य बियरको तुलनामा टुबोर्ग क्लासिक विथ स्कच माल्टस् एक उत्कृष्ट छनोट हो।” 

“स्ट्रोङ्गर एण्ड स्मुदर”  ट्याग लाईनलाई सार्थक पार्दै टुबोर्ग क्लासिकमा रहेको स्कच माल्टस् र उत्कृष्ट हप्स्ले बियरका पारखीहरुलाई ताजा र भिन्न पिउने अनुभव प्रदान गर्ने बताइएको छ। ६.५% अल्कोहलको मात्रा रहेको यस बियरको ६५० एम.एल.बोतलको बजार मूल्य रु ३१० तोकिएको कम्पनीले जनाएको छ ।