काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा कमजोर प्रदर्शन गरेको छ । यो फाइनान्सको खूद नाफामा २ लाख मात्र वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष ८ करोड ७५ लाख खूद नाफा कमाएको यो फाइनान्सले ०७३/७४ मा भने ८ करोड ७७ लाख मात्र नाफा आर्जन गरेको हो । 

बित्तीय रुपमा निकै कमजोर रहेको यो फाइनान्सले १४ करोड ६९ लाख रहेको खूद ब्याज आम्दानीलाई बढार १८ करोड ८४ लाखको उचाईमा पुर्याएको छ । 

यस्तै, १२ करोड १० लाखमा सीमित संचालन मुनाफा १३ करोड ३६ लाख पुर्याएको छ । १९ करोड ६८ लाखको रिजर्ब २१ करोड ४६ लाखको बनेको छ भने यो अवधिमा फाइनान्सले निस्क्रिय कर्जालाई पनि १.६७ प्रतिशतबाट घटाएर १.४१ प्रतिशतमा झारेको छ । 

यो अवधिमा पोखरा फाइनान्सले ३ अर्ब ६१ करोड निक्षेप संकलन गरी ३ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ। ऋघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ४ करोड निक्षेप संकलन गरी २ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको  थियो । 

यो फाइनान्सको लागत खर्चमा उच्च वृद्धि भएका कारण त्यसले खूद नाफामा धक्का दिएको देखिन्छ । अघिल्लो वर्ष ५.४४ प्रतिशत रहेको कस्ट अफ फण्ड(लागत खर्च) यो वर्ष बढेर ८.५१ प्रतिशतको उचाईमा पुुगेको हो । 

यो अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी १५.७४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३८.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८६३.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.१८ गुणा कायम भएको छ ।