काठमाण्डौ । टीभीएस एभरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज्ले आफ्नो तयारी तीव्र गतिमा अगाडि बढाएको छ ।

नेपालको ईतिहासमै सबै भन्दा विशाल क्रिकेट महोत्सवका रुपमा चर्चा गरिएको सो खेलका लागि समूूहले ३ विदेशी खेलाडी समेत समावेश गराइसकेको जानकारी दिइएको छ । समूूहले विदेशी खेलाडी इसरार उल्लाह, अलीआशिफ र ताजवाली समूूहमा अनुबन्धित गरेको जानकारी दिइएको छ ।

चयन गरिएका तीनै खेलाडी पाकिस्तानी मूलका हुन् । खेलाडीमध्ये ईसरार उल्लाह ३० बर्षिय पाकिस्तानी खेलाडी हुन् । क बर्गका खेलाडीमध्य पर्ने उल्लाह पेशावरका लागि खेल्छन् । 

त्यसैगरी, अलीआशिफ २६ बर्षिय पाकिस्तानी खेलाडी हुन् । उनी ईस्लामाबाद युनाइटेडका लागि खेल खेल्ने गर्थे भने ताजवाली पनि पाकिस्तानको क बर्गकै खेलाडीमध्येमा पर्छन् । 

सन् २०१५–१६मा आयोजित काजी–ई–ट्रफीको चौथौँ राउण्डको पाकिस्तानमा आयोजित फस्र्ट क्लास डोमेस्टिक क्रिकेटमा उनी २० बर्षको अन्तरालमा ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी समेत बनेका थिए । उनी लेफ्ट ह्याण्ड्स ब्याट्सम्यान हुन् । 

खेलमा उत्कृष्टता तथा स्वदेशी खिलाडीलाई समेत समानअवसर प्रदानगर्ने सोचका साथ समुहले केही समय अगाडी पोखरामा ट्यालेन्ट हन्ट सञ्चालन गरेको थियो । विभिन्न चरणको प्रतिस्पर्धा मार्फत समुहले १ सय २० बाट २४ र २४ बाट उत्कृष्ट ७ को छनोट गरेको थियो । यसरी छनोटमा परेका खेलाडीबाट समेत पोखरा राइनोज्ले प्रतिस्पर्धाको माध्यमबाट उत्कृष्ट खेलाडीहरुको छनौट सम्पन्न गरी खेलका लागि १६ बर्षीय देव शाह छनोट गरी सकेको जानकारी दिएको छ । उनी नेपालमा नै पहिलो लेफ्ट आर्म इस्पीइनर चाइनाम्यान हुन ।

यो समूहमा यस पटक शक्तिगौचन, विनोद भण्डारी, विक्रम सोब, विपिनखत्री, नुरध्वोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिलधमला, सौरभ खनाल, सन्तोष भट्ट, सुशनभारी, इसरार उल्लाह, अलीआसिफ, ताजवाली लगायतको सहभागिता छ ।