काठमाण्डौ । पोखरा फाइनान्सले पुस ३० गते(आज)देखि १० बराबर १.५ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाएको छ ।

हकप्रदका लागि इच्छुक सेयरधनीले फागुन ६ गते भित्र आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

हकप्रद प्रयोजनका लागि यो कम्पनीले पुस १३ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ पुस १२ गतेभित्र यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गर्नेहरुले हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

पोखरा फाइनान्सले १ सय रुपैयाँ अंकित दरका कुल ९ लाख ८३ हजार ६ सय ८२.७४ कित्ता हकप्रद निश्कासन गरेको हो ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले एनआइबिएल क्यापिटल लिमीटेडको लाजिम्पाटस्थित मुख्य कार्यालय र पोखरा फाइनान्सका सबै शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडका तोकिएका शाखा कार्यालेयहरुबाट आवेदन दिन सक्नेछन् । 

पोखरा फाइनान्सले गत साउन २९ गते २१ करोड ६४ लाख मूल्यको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासन गरेको थियो ।

एफपीओपछि यो फाइनान्स कम्पनीको चुक्तापुँजी ५५ करोड ७४ लाखबाट बढेर ६५ करोड ५७ लाखको उचाईमा पुुगेको छ । अब हकप्रदको बिक्रीपछि यो कम्पनीको चुक्तापूँजी बढेर ७५ करोड ४० लाखको उचाईमा पुुग्नेछ । 

पोखरा फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४८ लाख खूद नाफा आर्जन गरेको थियो । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १७५ रुपैयाँ रहेको छ ।