काठमाण्डौ । जलवायुु परिवर्तनलाई नियन्त्रण गर्न थप प्रयास नगरिए यो शताब्दीको अन्त्यसम्म ‘पोलार बियर’ हरु पृथ्वीबाट लोप हुुन सक्ने चेतावनी दिइएको छ। 

नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित एक अध्ययनको रिपोर्टमा यस्तो चेतावनी दिइएको हो। अनुुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार आर्टिक समुुद्रको हिउँ पग्लिँदा पोलार बियरका केही जनसंख्या जीवित रहने अन्तिम सीमामा पुुगिसकेका छन्। 

पोलार बियरहरु आर्टिक समुुद्रको हिउँमुनि पाइने सिल माछामा निर्भर रहने गर्दछन्। जलवायुु परिवर्तनका कारण यस क्षेत्रको हिउँ पग्लिँदा पोलार बियरले आफू र आफ्ना बच्चालाई आहारका खोज्नका लागि लामो यात्रा गर्नुु परिरहेको छ। आहाराका लागि उनीहरुले संघर्ष गरिरहनुुपरेको छ। 

अनुुसन्धानका अनुुसार आहाराको कमीले गर्दा सन् २०४० को सुुरुआतमा कयौँ पोलार बियरको प्रजनन क्षमतामा पनि कमी आउन थाल्नेछ। यसपश्चात यी जनावर लोप हुुने सिलसिला सुुरु हुुनेछ। 

अनुुसनधानकर्ताले १९ मध्ये १३ वटा प्रजातिका पोलार बियरको अध्ययन गरेका थिए। विश्वभर १९ प्रजातिका २६ हजार पोलार बियर पाइन्छन्। यिनीहरु नर्वेदेखि लिएर क्यानडा र साइबेरियासम्म पाइन्छन्। 

अनुुसनधानका अनुुसार यदि हरित ग्यासगृहमा लगाम लगाउन सकिएन भने सन् २०८० सम्म अलास्का र रुसका सबै पोलार बियरहरु लोप हुुनेछन्। त्यस्तै सन् २१०० सम्म विश्वभरबाट यिनीहरु अस्तित्व मेटिनेछ। 

यी जनावर लामो समयसम्म भोकै जीवित रहन सक्छन् तर यस्तो अवस्था लामो समयसम्म रहिरह्यो भने यिनीहरुको शरीर कमजोर भई प्रजनन गर्न नसक्ने अवस्थामा पुुग्नेछन्। 

जलवायुु परिवर्तनका कारण पोलार बियरको व्यवहारमा समेत बदलाव देखिएको छ। रुसी वैज्ञानिकहरुका अनुुसार यी भालुुहरु नरभक्षी हँुुदै गइरहेका छन्। यिनीहरु आहाराको खोजीमा लामो यात्रा गर्दै मानिसहरुको सम्पर्कमा आउन थालेका छन्। यतिमात्रै नभई आहाराको कमीले यिनीहरु एक–अर्कालाई मारिरहेका छन्। यसमा सबैभन्दा धेरै बच्चा भएका भालुुहरु निशानामा पर्ने गरेका छन्। 

पछिल्ला २५ वर्षको अवधिमा भएको जलवायुु परिवर्तनका कारण आर्कटिक क्षेत्रको ४० प्रतिशत हिउँ पग्लिसकेको छ। जसका कारण हिउँको तल बस्ने पोलार बियरको आहारा सिल माछाहरु तीव्रगतिमा घटिरहेका छन्। 

पोलार बियर पानीभित्र पसेर सिल माछाको सिकार गर्ने गर्दछन्। – एजेन्सी