काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएसँगै तीन उपप्रधानमन्त्रीसहित केही मन्त्री नियुक्त भएका छन् । 

देउवाले उनको सपथ ग्रहण समारोह बहिस्कार गर्ने निर्णयमा पुुगेको पार्टीभित्रकै पौडेल समूहलाई थप रुष्ट बनाउँदै अर्थमन्त्रालयमा पौडेल समूहका महेश आचार्यलाई एकाएक छाडेर आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई छनौट गरेका छन् । तर, अन्तिम अवस्थामा देउवाको फोन आएको भन्दै पौडेल समूह सपथ ग्रहण समारोहमा सहभागी भयो । सो समूहले तत्काल देउवालाई आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम नबुुझाउने रणनीति लिएको बुझिएको छ । 

देउवा सरकारमा पहिलो चरणमा माओवादीबाट कृष्णबहादु महरा, कांग्रेसका गोपालमान श्रेष्ठ र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार उपप्रधानमन्त्री चयन भएका छन् । महरालाई परराष्ट, श्रेष्ठले शिक्षा र गच्छदार स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

कांग्रेसबाटै देउवाको विश्वासपात्र तथा महाधिवेशनमा पौडेल समूहलाई छाडेर एकाएक देउवा क्याम्पमा पुुगेका फरमुल्लाह मन्सुर श्रममन्त्री भएका छन् । माओवादीका जनार्दन शर्मा गृह मन्त्री र प्रभूू शाह बिना विभागीय मन्त्री बनेका छन् ।