काठमाण्डौ । एनआइसी एशिया बैंकले प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडानम्बर ४ जुम्रीमा आफ्नो नयाँ शाखा स्थापनासँगै औपचारिक रुपमा बैकिङ सेवा थालेको छ । 

कात्तिक २८ गते मंगलबार एक समारोहका बीच प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले शाखाको विधिवत उद्घाटन गरे ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा निकट भविष्यमै थप शाखा संचालनको योजना रहेको जनाएको छ ।