काठमाण्डौ । सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत आर्थिक वर्षको तुलनामा ६२२.७१ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ४३ लाख १२ हजार रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ९७ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १८ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ४ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी १ करोड २ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले ३४ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १० करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले रिजर्भको आकार बढाएर ४ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १५ लाख ५५ हजार रुपैयाँमात्र थियो ।

संस्थाको चुक्तापुँजी ११ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ७ करोड रुपैयाँ रहेको थियो ।