काठमाण्डौ । यदि तपाईंले हालसालै नोकरी सुरु गर्नुभएको छ भने तपाईका प्राथमिकताहरु बढ्दै जान्छन्, योसँगै खर्च पनि । धेरै मानिसलाई यस्तो हुन्छ कि सुरुवाती नोकरीबाट उसले प्राथमिकताहरु पूरा गर्न सक्दैन । यदि तपार्इंलाई पनि यस्तै समस्या भइरहेको छ भने चिन्ता लिन आवश्यक छैन । नोकरीपछि बचेको समयमा केही काम गरेर समेत तपाईं आरामसाथ पैसा कमाउन सक्नुहुन्छ । तर यसका लागि तपाईसँग मात्र अनलाइनमा काम गर्ने क्षमता हुन आवश्यक हुन्छ । एजेन्सीहरुको सहयोगमा आज तपाईंलाई हामी यस्तै ९ वटा बेस्ट पार्टटाइम जागिरको बिषयमा बताउन गइरहेका छौ, यी काम गरेर तपाईले प्रत्येक घण्टा न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । 

सफ्टवेयर डेभलपर
यो जागिरका लागि तपाईंलाई सफ्टवेयर फिल्डको अत्यावश्यक प्रोग्रामिङको बिषयमा ज्ञान हुनुपर्दछ । हिजोआज सफ्टवेयर डेभलपरहरुको बजारमा पार्ट टाइम तथा प्रोजेक्टमा आधारित कामका लागि निकै ठूलो माग छ । यो जागिरमा तपाईंले सफ्टवेयर डेभलप गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा नयाँ–नयाँ एप्स तयार गर्ने, नयाँ नयाँ वेबसाइट डेभलप गर्ने लगायतका काम पनि गर्नुपर्ने हुन्छ । यो पार्ट टाइम जागिरमा तपाईंले प्रति घण्टा अधिकतम २ हजार रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । 

फ्रिलान्सर फोटोग्राफर


यो जागिरमा तपाईंलाई फोटोग्राफी, फोटोसप र ग्राफिक डिजाइनिङको ज्ञान तथा यीसँग सम्बन्धित इन्टरनेट टूल्सको प्रयोगको ज्ञान हुनुपर्दछ । यसमा तपाईंले कुनै कम्पनी, विभिन्न संस्था, न्यूज पेपर, म्यागजिन, वेबसाइट, कुनै व्यक्ति विशेषका लागि काम गर्नुपर्ने हुन्छ । यस अलावा फोटो तथा सम्बन्धित बिषयका भिडियो समेत तयार गर्नुपर्ने हुनसक्छ । यो पार्टटाइम जागिर गरेर तपाईंले प्रतिघण्टा अधिकतम १ हजारदेखि २ हजार रुपैयाँसम्म कमाई गर्न सक्नुहुन्छ । यस्ता जागिरमा तपाईंको कामको हिसाबले पैसा प्राप्त हुन्छ । 

कपी एडिटर / राइटर


यो जागिरका लागि कपी एडिटिङ र राइटिङको दक्षता हुन आवश्यक छ । यस अलावा स्टाइल गाइडको साथमा काम गर्ने बानी पनि हुन आवश्यक छ । यसमा तपाईंले कन्टेन्ट वा कपी एडिटरको रुपमा ग्रामर तथा स्पेलिङ करेक्सन तथा कन्टेन्टलाई नै सम्पादनको काम गर्नुपर्ने हुन्छ । यो पार्टटाइम जागिरमा तपाईंले प्रतिघण्टा १ हजार रुपैयाँसम्म कमाई गर्न सक्नुहुन्छ । यो जागिरमा शब्द तथा पेजको हिसाबले पारिश्रमिक प्राप्त हुन्छ । 

अस्थायी ट्रान्सक्रिप्ट प्रोसेसर

यो काम गर्न कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान हुनुपर्दछ, ताकि डाटा इन्ट्री अपरेटरको काम गर्न तपाईंले सक्नुहोस् । यो जागिरमा तोकिएको डाटा संकलन गर्ने तथा भनिएको सिस्टममा सिस्टेमेटिक ढंगले राख्नुपर्ने हुन्छ । असाइनमेन्टमा समय, काम गर्ने गति र एक्यूरेसीमा पनि ध्यान राख्नुपर्ने हुन्छ । यो पार्ट टाइममा काममा पनि तपाईंले प्रतिघण्टा अधिकतम १ हजार रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । 

सोशल मिडिया असिस्टेन्ट


यो जागिरका लागि तपाईंलाई इन्टरनेट एवम् सामाजिक सञ्जाल जस्तै, फेसबुक, ट्वीटर, यूट्यूब आदि प्रयोग गर्न आउनुपर्छ । यसमा तपाईंले कुनै पनि कम्पनी, संस्था, वेबसाइट, न्यूजपेपरको कन्टेन्ट र सूचनालाई इन्टरनेटको विभिन्न च्यानलमा सेयर गर्ने विधि थाहा हुन आवश्यक हुन्छ । यो पार्टटाइम जागिरमा पनि तपाईं प्रतिघण्टा आरामले १ हजार रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । यो जागिरमा तपाईंको कामको आधारमा पैसा प्राप्त हुन्छ । 

अनलाइन रिसर्चर


यो जागिरमा तपाईंलाई सम्बन्धित विजिनेशको आधारभूत ज्ञान, रिसर्च स्कील र क्वालिटी कन्टेन्ट तयार गर्ने ज्ञान आवश्यक छ । यसमा तपाईले अनलाइन रिसर्चर सम्बन्धित विजिनेशसँग जोडिएको सवालहरुको हाई क्वालिटीको जवाफ र त्यसलाई सुन्दर ढंगले व्याख्या गर्न आउनुपर्छ । यो पार्ट टाइम जागिरमा पनि अधिकतम प्रति घण्टा १ हजार रुपैयाँसम्म कमाई गर्न सकिन्छ । यो जागिरमा प्रोजेक्टको आधारमा पैसा प्राप्त हुन्छ । 

अनलाइन कम्युनिकेसन एशोसिएट


यो जागिरका लागि तपाईलाई वेब कन्टेन्ट, सोशल मिडियाको नेटवर्किङ र मार्केट ट्रेन्डलाई बुझ्न आवश्यक हुन्छ । यसका लागि अनलाइन कम्युनिकेसनको ज्ञान पनि हुन आवश्यक हुन्छ । यो जागिरमा तपाईलाई वेब कन्टेन्टलाई अपडेट गर्न तथा सोसल मिडिया व्यवस्थापन गर्न आउनुपर्छ । यस बाहेक तपाईंसँग राम्रो कन्टेन्ट रिपोर्ट तयार गर्ने ज्ञान पनि हुन आवश्यक हुन्छ । यो पार्ट टाइम जागिरमा तपाईं प्रति घण्टा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म कमाउन सक्नुहून्छ । यो कामका लागि प्रति घण्टाको हिसाबले वा आपसमा भएको सम्झौतको आधारमा पारिश्रमिक प्राप्त हुन्छ । 

साइन ल्याङ्ग्वेज इन्टरप्रेटर


यो जागिरका लागि तपाईंलाई सांकेतिक भाषाको ज्ञान हुन आवश्यक छ । यो काममा तपाईले कुनै मेन्टर, कन्टेन्ट वा न्यूजलाई सांकेतिक भाषाको माध्यमबाट प्रस्तुत गर्नुपर्ने हुन्छ । यो पार्ट टाइम जागिरका लागि अधिकतम प्रति घण्टा २ हजार रुपैयाँसम्म प्राप्त हुनसक्छ । यो कामका लागि संस्थाको अवस्था हेरी त्यसले तय गर्ने पारिश्रमिक प्राप्त हुन्छ र कतिपय अवस्थामा यो २ हजार भन्दा पनि बढी हुनसक्छ । 

भिडियो रिभ्यूवर


यो जागिरका लागि तपाईसँग भिडियो रिभ्यू वा यो बिषयसँग सम्बन्धित सबै जानकारी हुन आवश्यक हुन्छ । यसमा तपाईसँग भिडियो रिभ्यू अब्जर्भ गर्ने, यसलाई असेस्मेन्ट गर्ने क्षमता हुन आवश्यक हुन्छ । यो पार्ट टाइम जागिरमा तपाईंले अधिकतम प्रतिघण्टा १ हजार रुपैयाँसम्म कमाउन सक्नुहुन्छ ।