काठमाण्डौ । यदि तपाई आफ्नो आउने सबै पिँढीहरु करोडपति बनून् भन्ने चाहनुुहुन्छ भने यो तपाई आफू करोडपति बन्नुु भन्दा पनि निकै सहज छ । तपाई आफैं करोडपति तत्काल बन्न नसक्नुुहोला, तर तपाईको बच्चा र बच्चाको पनि बच्चालाई करोडपति बनाउने हो भने सानो लगानीमै यो संभव छ । एकपटक राम्रो प्लान गरेर बचत सुरु गर्न थाल्नुुभयो भने र नियममा बसेर अगाडि बढ्नुुभयो भने तपाईका हरेक पिँढी करोडपति बन्नेछन् । 

कति चाहिएला लगानी ?
तपाईका दुुई बच्चा छन् भने उनीहरुलाई करोडपति बनाउन अहिलेदेखि नै योजना बनाउन थाल्नुहोस् । त्यसपछि योसँगै तपाईका दुुई बच्चाका समेत भविष्यमा एक एक बच्चा हुन्छन् भन्ने मानेर अहिलेदेखि नै योजना बनाउन सक्नुुहुन्छ । यी सबै योजनाका लागि तपाईले मासिक ५ हजार रुपैयाँ लगानीबाट सुरु गर्न सक्नुुहुन्छ । यति नै लगानीको सुरुवातबाट तपाईको २ बच्चा २५ वर्षमा र उनीहरुका बच्चा(तपाईका नातिनातिना) १५ वर्षको उमेरमै करोडपति बन्नेछन् । 

यसरी बनाउनुहोस् योजना
देशमा धेरै मानिसको विश्वास र भरोसा बैंकहरुमा छ । बैंकमा पैसा जम्मा गर्दा यहाँ कम ब्याज प्राप्त हुन्छ, तर लामो समयसम्म योजना बनाएर बचत गर्ने हो भने तपाईका बालबच्चा करोडपति बन्नेछन् । 

यसरी गर्ने लगानी
तपाईले कुल मिलाएर ५ हजार रुपैयाँ मासिक बचतबाट लगानीको सुरुवात गर्नुपर्छ । यो लगानीलाई ४ भागमा बाँड्नुुहोस् । पहिला १५०० दरका २ लगानी सुरु गर्नुहोस् । योसँगै १००० दरका २ वटा अन्य योजना पनि सँगै सुरु गर्नुहोस् । यही ४ योजनाले तपाईका बच्चा र नातिनातिनालाई करोडपति बनाइदिन्छ । 

बैंकमा ब्याजदर परिवर्तन भइरहन्छ । औसत रुपमा बैंकबाट तपाईले ७ प्रतिशत दरको मात्र ब्याज पाउने अपेक्षासहित अगाडि बढ्नुुपर्छ । यसका लागि तपाईका दुुई बच्चा छन् भने उनीहरुका लागि २५ वर्षसम्म प्रत्येक महिना १५०० रुपैयाँको दरले बचत गरिदिनुहोस् । पछि यो लगानीमा प्रत्येक वर्ष १८ प्रतिशतले बढाउँदै लैजानुहोस् । यो योजनाबाट तपाईका दुवै बच्चासँग २५ वर्षपछि एक एक करोड रुपैयाँको फण्ड बन्ने छ ।

नातिनातिनाका लागि
योसँगै बच्चाका बालबच्चा अर्थात तपाईका नाति नातिनाका लागि समेत अहिलेदेखि नै लगानी गर्न थाल्न सक्नुुहुनेछ । यसका लागि तपाईले २ अकाउण्ट खोलेर १००० दरले प्रत्येक महिना जम्मा गर्नुहोस् । यो अकाउण्ट तपाईले आफ्नो नाम वा आफ्ना बच्चाको नामबाट समेत खोल्न सक्नुुहुनेछ । यो अकाउण्टमा लगानी गर्दा प्रत्येक वर्ष ९ प्रतिशतले लगानी बढाउनुपर्छ । यसरी गरिएको लगानीले ४० वर्षपछि, जब तपाईका नातिनातिना १५ वर्षका हुन्छन्, त्यसबेलासम्म करोडका मालिक भइसकेका हुन्छन् ।

यो योजना पुस्तालाई हस्तान्तरण गरौं
तपाईले आफ्नो बच्चालाई करोडपति बनाउनका लागि लगानी गर्नुपर्नेहुन्छ । तर, त्यसभन्दा अगाडिको पिढीका लागि समेत लगानीको सुरुवात गरिदिएर त्यो जिम्मा तपाईका बालबच्चा जागिरे भएपछि उनीहरुलाई सुम्पिदिए हुन्छ । त्यसपछि उनीहरुलाई पनि सम्झाउनुहोस् कि आगामी पिढीका लागि उनीहरुले पनि मासिक १५०० रुपैयाँको दरले बचत गरिदिन थालून् । यो क्रमले करोडपति बन्ने सिलसिला पिढीदेखि पिढीसम्म चलिनै रहन्छ । 

विज्ञहरुले म्युचुुअल फण्डबाट पनि यो लक्ष्य प्राप्त हुनसक्ने सुुझाव दिएका छन् । राम्रो म्युचुुअल फण्ड छान्न सक्ने हो भने माथि उल्लेख गरिएको अवधिभन्दा छिटो नै पनि तपाईका सन्तति करोडपति बन्न सक्छन् ।