काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड ३४ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ ।

संस्थाको सार्वजकि प्रथम त्रैमास विवरणअनुसार यो खुद आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३९ प्रतिशतले बढी हो । गत वर्ष संस्थाको खुद आम्दानी ७६ लाख १९ हजार रुपैयाँमात्र थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड २५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड १३ लाख रुपैयाँ थियो । यसले संस्थाको व्यावसायिक प्रगति आक्रामक रहेको देखाउँछ ।

त्यस्तै संस्थाको खुद ब्याज आम्दानी ६ करोड ११ लाख रुपैयाँ रहेको छ । गत वर्ष २ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ४५ करोड निक्षेप संकलन गरी १ अर्ब ६३ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

संस्थाको रिजर्भको आकार ९ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिजर्भको आकार ३ करोड ९६ लाख रुपैयाँ रहेको छ । 

संस्थाको चुक्तपुँजी २५ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष संस्थाको चुक्तापुँजी ११ करोड ४ लाख रुपैयाँ रहेको थियो । 
संस्थाको प्रतिसेयर आम्दानी ५२.७० रुपैयाँ पुगेको छ ।