काठमाण्डौ । असोज २ गते सम्पन्न तेश्रो तथा अन्तिम चरणको स्थानीय निर्वाचनको प्रदेश नम्बर २ का सबै तहमा मतगणना जारी छ । सबैको ध्यान यो प्रदेशको एक महानगर र तीन उपमहानगरमा बढी केन्द्रीत छ । तीन उपमहानगरपालिकामध्ये तीनवटैमा फरक फरक दलले अग्रता लिइरहेका छन् । 

जितपुर सिमरा उपमहानगरपालिकामा एमालेले, कलैया उपमहानगरमा समाजवादी फोरम र जनकपुर उपमहानगरपालिकामा राजपाले अग्रता लिइरहेको छ । 

जितपुर सिमरामा एमालेले मेयर र उपमेयरमा ३४८१ र २७९३ मत पाएको छ । उसलाई माओवादी केन्द्रले ३००६ र २३१३ मतले पछ्याइरहेको छ । तेश्रो स्थानमा रहेको कांग्रेसले मेयर र उपमेयरमा २५६८ र २५३५ मत पाएको छ । 

कलैयामा समाजवादी फोरमका मेयर पदका उम्मेद्वार १६६४ मतसहित अग्रस्थानमा छन् । उपमेयरमा फोरमले १३५२ मत प्राप्त गरेको छ । उसलाई एमालेले १४९३ र १२४६ मतले पछ्याइरहेको छ । तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसले मेयरमा १०१० र उपमेयरमा ९३५ मत प्राप्त गरेको छ । यो उपमहानगरमा माओवादी अवस्था दयनीय छ । उसले मेयरमा २२८ र उपमेयरमा २१६ मत प्राप्त गरेको छ । 

उता, चर्चाको शिखरमा रहेको जनकपुर उपमहानगरपालिकामा राजपाले अग्रता लिइरहेको छ । यहाँ राजपाका उम्मेद्वारले निकटतम प्रतिदन्दी भन्दा झण्डै ३ गुणा बढी मतले अग्रता लिइरहेका छन् । मेयर र उपमेयरमा राजपाले ३१३१ र २००७ मत प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको कांग्रेसले मेयरमा १३०४ र उपमेयरमा १२२७ मत प्राप्त गरेको छ । तेश्रो स्थानमा रहेको एमालेको अवस्था निकै दयनीय छ । यहाँ एमालेले मेयरमा १५० मत र उपमेयरमा २९ मत मात्र प्राप्त गरेको छ ।