काठमाण्डौ । प्रदेश २ का विभिन्न जिल्लामा आइतबार  बिहान थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटमा २९ जना, धनुषा २१ जना र सर्लाहीमा १० जनामा कोरोना, संक्रमण पुष्टि भएको हो । रौतहटको दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ मा कोरोना पुष्टि भएको छ। 

यसैगरी धनुषाको मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र गणेशमान चारनाथ नगरपालिकाका एकजनामा कोरोना संक्रमण देखिएको छ। 

उता सर्लाहीको हरिपुर नगरपालिकाका ७ जना र बह्मपुरी गाँउपालिका क्वारेन्टाइनका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । 

यी तीनै जिल्लामा संक्रमितहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो। उनीहरु प्रायः सबै भारतबाट फर्केकाहरु छन्।