काठमाण्डौ । प्रदेशहरुमा मन्त्रीपरिषद बिस्तार हुन थालेको छ । यो क्रममा प्रदेश ३ का मूख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई राखेर तीन सदस्यीय मन्त्रीपरिषदक गठन गरेका छन् । 

काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर स्थापितलाई भौतिक पूर्वाधार मन्त्री बनाइएको हो । 

यस्तै, आइतबारसम्म आफ्नो तर्फका मन्त्रीको नाम दिन नमानेको माओवादीले पहिलो चरणमा युवा नेता शालिकराम जमरकट्टेललाई मन्त्री बनाएर पठाएको छ । उनलाई प्रदेशको गृहमन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

मन्त्रीमा नियुक्त दुवैलाई सोमबार नै प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाएकी छिन् । 

जमरकट्टेल माओवादीका प्रदेश नम्बर ३ का संसदीय दलका नेता समेत हुन् ।