काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव ल्याउने भएको छ । आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न इन्स्योरेन्सले जेठ १० गतेका साधारण सभाको मिति तोक्ने तयारी गरेको छ । २ अर्ब चुक्ता पूजी पु¥याउनका लागि इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरका ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको हो ।  बीमा समितिले जीवन बीमा कम्पनीका लागि २ अर्ब पूजी पुर्याउन निर्देशन दिएको छ । सभाले नयाँ सञ्चालक समिति समेत चयन गर्ने भएको छ । 

इन्स्योरेन्समा १ अर्ब ४० करोड रुपैयाँ बराबरका शेयर संस्थापक शेयरधनीका नाममा दर्ता छन् । इन्स्योरेन्समा प्रभु समूह, साग्रिला विकास बैंक र अन्य केही व्यवसायिक समूहको सामूहिक लगानी रहेको छ ।

कम्पनीले गत मंसीरदेखिमात्र जीवन बीमा कारोबार शूरु गरेको हो । उता बिहीबारमात्र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी शाखाको उद्घाटन गरेका छन् । कम्पनीले छाेटाे अवधिमा नै  १९ शाखा सञ्चालनमा ल्याएकाे छ ।