काठमाण्डौ । प्रभु इन्स्योरेन्सले गत आथिर्क वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ११.३२ नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।