काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

यसैबीच सोही बैठकले संस्थाको २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान पनि तय गरेको छ ।

संस्थाले आफ्नो वार्षिक साधारणसभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा यही माघ २४ गते आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाले प्रस्तावित लाभांश पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले यही माघ १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन माघ ९ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।