काठमाण्डौ । प्रभु बैंक लिमिटेडले मंगलबार काठमाण्डौको जमल तथा रत्नपार्कस्थित आकाशेपुलमुनिको ट्राफिक आइल्यान्ड र तीनधारा सस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्यान्डमा हरियाली बगैँचा र फाउन्टेन निर्माण गर्ने भएको छ। 

यसका लागि बैंक र काठमाण्डौ महानगरपालिकाबीच मंगलबार सम्झौता पनि भएको छ। समझौतापत्रमा काठमाण्डौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितिमा प्रभु बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाकातर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले एक समारोहबीच हस्ताक्षर गरेका छन्। 

सम्झौताबमोजिम बैंकले ती ट्राफिक आइल्यान्डमा बगैंचा र फाउन्टेन निर्माण गर्नुका साथै मर्मतसम्भार गर्ने÷रेखदेख गर्ने तथा सञ्चालन र शहरी सौन्र्दयीकरण कामका लागि सहयोग गर्नेछ। 

नेपालभर २०८ शाखा सञ्जाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ सेवा तथा १५८ एटिएम रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त कार्य गर्न लागेको हो।