काठमाण्डौ । प्रभु बैंकले दसैँमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै उपत्यका र उपत्यका बाहिर रहेका शाखाहरु असोज २० गते (नवमी) का दिनसम्म आफ्नो काउन्टहरु सञ्चालन गर्ने भएको छ । बैंकले विजय दशमी अर्थात टीकाका दिन असोज २१ गते भने देशभरका शाखाहरु बन्द गर्ने निर्णय गरेको छ ।

बैंकले नवमीसम्म सञ्चालनमा रहने शाखाहरुको नामावली पनि सूचनामार्फत जानकारी गरेको छ । जसअनुसार उपत्यकाभित्रका बबरमहलस्थित मुख्य शाखा कार्यालयसहित  कमलादी, जावलाखेल, गोंगबु, खिचापोखरी, सूर्यविनायक, कोटेश्वर, कालिमाटी र बौद्धस्थित शाखा कार्यालयहरु असोज १८, १९ र २० गते पनि खुला रहने जनाएको छ । कमलादी शाखा असोज २ अर्थात टिकाको भोलिपल्ट पनि खुला रहनेछ । यी कार्यालयहरुमा बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

यसैगरी बैंकका उपत्यका बाहिर रहेका जनकपुर, इटहरी, नारायाणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्युरोड पोखरा, नेपालगन्ज, कलैया, वीरगन्ज, विराटनगर, बागलुङ र धनगढी शाखाहरु पनि असोज १८, १९ र २० सम्म खुला रहने छन् । यीमध्ये जनकपुर, इटहरी, दमक, सिरहा, न्युरोड पोखरा शाखाहरु भने टीकाको भोलिपल्ट असोज २२ गते पनि खुला रहने छन् । यी कार्यालयहरु पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

दसैँका बेला यी शाखा कार्यालयहरुबाट निक्षेप जम्मा, चेक भुक्तानी अधिकतम १ लाख रुपैयाँं, रेमिट्यान्स रकम बढीमा ५० हजार रुपैयाँ र सोभन्दा बढी भएमा खाता खोली जम्मा गर्न पाउने व्यवस्था बैंकले गरेको छ ।