काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेडद्वारा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

राष्ट्र बैंकले कात्तिक ८ गते प्रभु बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

प्रभु बैंकको सञ्चालक समितिको गत असोज १७ गते बसेको बैंकले चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ९०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो ।

बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.८४ प्रतिशतको दरले हुन आउने ७ करोड ४८ लाख ८५ हजार ६८२ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।