काठमाण्डौ । प्रभु बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ ।

गत वर्षको लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालय दिउँसो २ बजेदेखि गर्दैछ । गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो ।

सभामा विशेष प्रस्तावका रुपमा राखिएको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश पारित गर्नेछ ।

प्रस्तावित लाभांशमा चुक्तापुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँबराबरको बोनस सेयर र ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ८५ हजार ६८२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

लाभांश पारित साधारणसभा प्रयोजनार्थ बैंकले गत कात्तिक २६ गतेदेखि आज (मंसिर ६ गते) सम्म बुक क्लोज गरेको छ । यसको मतल कात्तिक २५ गतेभित्र कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांशको भागिदार बन्न पाउनेछन् ।