काठमाण्डौ । प्रभू बैंकले आइतबार कास्कीको पोखरा महानगरपालिका १ भीककालीपाटनस्थित बगर शाखा स्थानान्तरण गरेको छ । 

बैंकले साबिकको स्थानबाट करिब १०० मिटर दक्षिणतर्फ सो शाखा स्थानान्तरण गरेको हो । 

नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमले एक समारोहका बीच स्थानन्तरण गरिएको बगर शाखाको समुद्घाटन गरेका थिए । 

यसैगरी, नवलपरासी जिल्ला, बर्दघाट न.पा. बाड नं ४ स्थित प्रभु बैंक लिमीटेडको बर्दघाट शाखा पनि साविकको स्थानबाट करिव ४०० मिटर पश्चिमतर्फ शिवालय मन्दिर अगाडि स्थानन्तरण गरिएको बैंकले जनाएको छ । 

ग्राहकहरुलाइ छिटो, छरितो तवरले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले पायक पर्ने ठाउँमा शाखाहरु स्थानन्तरण गरिएको बैंकको भनाई छ ।