काठमाण्डौ । लामो समयपछिको निलम्बन फुकुवा भई कारोबारमा आएको प्रभूू बैंकले दैनिकजसो लगानीकर्तालाई आफूतिर आकर्षण गरिरहेको छ । 

सार्वजनिक निश्कासनहरुमा ६० अर्ब बढी रकम फ्रिज भएको अवस्थामा पनि लगानीकर्ताहरुले भने मरिहत्ते गरी प्रभूूकै सेयर रोजिरहेका छन् । आखिर के होला यसको कारण ? लगानीकर्ताको मूड र बजारको अवस्था हेर्दा प्रभूू बैंकले छोटो अवधिमै आफूमा गरेको अपत्यारिलो परिवर्तन र उज्वल भविष्यका लागि देखिएका सुखद संकेतहरुले पनि यो बैंकको सेयर खरीदमा लगानीकर्ताहरु मरिहत्ते गरेर लागेका पाइएको छ । प्रभूूले सार्वजनिक गरेको २ वर्षभित्रमा टप बैंक बन्ने रणनीति र त्यसप्रति लगानीकर्ताको विश्वासका कारणले पनि सोमबार समेत बजारमा प्रभूू बैंकको चमकधमक देखियो । 

आइतबार ३० करोडमा रहेको कारोबार प्रभूूकै सेयर खरीदमा देखिएको आकर्षणका कारण ४१ करोड ६२ लाखको उचाईमा पुुग्यो । प्रभूू बैंकको संस्थापक र साधारण गरी सोमबार मात्रै करिब १३ करोडको सेयर किनबेच भयो । 

सूचक भने घट्यो
प्रभूूका कारण कारोबार रकम निकै माथि पुुगे पनि समग्र बजार परिसूचक(नेप्से) भने ७.५६ अंकले घटेको छ । बजारको १० अंक हाराहारीको घटाई वा बढाईलाई सामान्य मानिन्छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम बढ्नुुले बजार क्रमशः मजबुत बन्दै गएको र सेयर खरीदको चाप क्रमैसँग बढिरहेकोको रुपमा बुुझ्न सकिने विश्लेषक बताउँछन् । ''समग्रमा बजार स्थिर देखिएको छ ।'' एक विश्लेषकले भने-''अहिलेको अवस्थामा यही अवस्था कायम रहिरहनु पनि सुखद हो । यसले सार्वजनिक निश्कासनमा फसेको रकम रिलिज भएलगत्तै बजारलाई बुम गराउने स्पष्ट संकेत गरिरहेको छ ।'' 

सोमबार वाणिज्य बैंक समूह ७.३६, होटल समूह १७.४३, विकास बैंक समूह ८.७६, जलविद्युत समूह ३.३९, बिमा समूह ७३.४२ र अन्य समूह ३.७६ अंकले ओरालो लाग्यो । बित्त समूह ७ अंकले बढ्यो भने उत्पादनमूलकमा २२.७२ अंकको बढोत्तरी देखियो । 

'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.५८ अंकले घटे पनि समग्र कारोबार मापक फ्लोट इण्डेक्स भने ०.६३ अंकले मात्र घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
कुल कारोबारमध्ये प्रभूू बैंकको १० करोड ४२ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यो बैंकको साधारण सेयर पनि २ करोड ५० लाखको हाराहारीमा कारोबार भयो । यस्तै नबील ब्यालेन्स फण्डको १ करोड ४८ लाखको सेयर किनबेच भयो । एनबी बैंकले १ करोड ३३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड २२ लाख, नेपाल लाइफको १ करोड १६ लाख बढीको सेयर कारोबार भयो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा सोमबार ७ स्थानमा वाणिज्य बैंक, एक स्थानमा बिमा, एक स्थान म्युुचुुअल फण्ड र बाँकी १ स्थानमा विकास बैंकको कब्जा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार मेरो माइक्रो फाइनान्स बित्तीय संस्था, अपी पावर कम्पनी लिमीटेड र राष्ट्रिय विमा संस्थान लिमीटेडले धेरै कमाए । यी कम्पनीहरुको सेयर मूल्य क्रमशः ३.८५, ३.४५ र ३.१५ प्रतिशतले वृद्धि भयो । 

सबैभन्दा बढी खानीखोला हाइड्रो कम्पनीले गुमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्यमा पनि ८ प्रतिशतको हाराहारीले पहिरो गयो ।