काठमाण्डौ । प्रभू बैंक लिमीटेडले ४० प्रतिशत हकप्रद सेयर निश्कासनको क्रममा बिक्री नभएको २३ लाख २६  हजार २ सय ८७ कित्ता लिलामीबाट बिक्री गर्नुपर्ने भएको छ । 

तरलता अभावका कारण सेयरधनीहरुसँग हकप्रदमा लगानी गर्ने पैसा नभएका कारण यसको असर प्रभू बैंकको हकप्रदमा पनि देखिएको हो । 

यो बैंकले ४० प्रतिशत हकप्रदमा आवेदन दिनेहरुका लागि बाँडफाँड टुंग्याएको छ । 

यो बैंकले गत माघ ७ देखि फागुन २३ गतेसम्म २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद निश्कासन गरेको थियो । निश्कासितमध्ये २ करोड ११ लाख ९९ हजार ३ सय २१ कित्ता बाँडफाँड गरेको हो । योमध्ये आवेदन नपरेको २३ लाख बढी कित्ता निकट भविष्यमै लिलामीमा ल्याइने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमीटेडले जनाएको छ।

बैंकले निश्कासन गरेको ४० प्रतिशत हकप्रदको सम्पूर्ण व्यवस्थापनपछि चुक्तापूँजी बढेर ८ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।