काठमाण्डौ । प्रभूू इन्स्योरेन्स लिमीटेड र नेको इन्स्योरेन्सले आइतबार एकसाथ आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक विवरण प्रकाशित गरेका छन् । 
 
प्रकाशित विवरण अनुसार प्रभूू इन्स्योरेन्सले यो अवधिमा १७ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बिमा कम्पनीको नाफा १४ करोड ९३ लाखमा सीमित थियो । दुवै निर्जीवन बिमा कम्पनी हुन् । 
 
यो अवधिमा प्रभूूको बिमा शुल्क बापतको आम्दानी घटेको छ । समीक्षा अवधिमा ३९ करोड २७ लाख खूद बिमा शुल्क उठाएको छ । अघिल्लो वर्ष बिमाशुल्कबापत४३ करोड ५८ लाख आम्दानी भएको थियो । 
 
यस्तै, पुनर्विमा कमिसनबाट १२ करोड ९१ लख आम्दानी भएको छ । गत वर्ष यस्तो आम्दानी ७ करोड ८२ लाखमा सीमित थियो । लगानी, कर्जा तथा अन्यबाट १ करोड ८५ लाख आय भएको छ । अघिल्लो वर्ष यस्तो आय २ करोड २१ लख थियो । 
 
यस वर्षको सुरुको भुक्तानी हुन बाँकी दाबी बापतको व्यवस्थाबाट ५ करोड २२ लाख र यस वर्षको सुरुको असमाप्त जोखिम बापतको व्यवस्थाबाट २१ करोड ७७ लाख आय भएको छ । 
 
यो अवधिमा प्रभूू इन्स्योरेन्सले १६ करोड ६३ लाख खूद दाबीभुक्तानी दिएको छ । यस्तो भुक्तानी गत वर्ष यही अवधिमा १९ करोड ५० लाख थियो । अभिकर्ता कमिसनबापत २ करोड १३ लाख खर्च भएको छ । ८ करोड ८५ लाख व्यवस्थापन खर्च गरेको यो कम्पनीले अघिल्लो वर्ष यस्तो खर्च ८ करोड ८६ लाख भएको थियो । 
 
समीक्षा अवधिमा प्रभूू इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा जगेडा कोषमा १० करोड ४० लाख रुपैयाँ थियो । 
 
अघिल्लो वर्षसम्म २४ करोड ८१ लाख रुपैयाँ रहेको बिमा कोष बढेर यो वर्ष ३३ करोड ५० लाख पुुगेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ५७ करोड ७५ लाख रुपैयाँ रहेको छ । 
 
यो अवधिमा प्रभूू इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३ रुपैयाँ कायम भएको छ।
 
उता, अर्को निर्जीवन बिमा कम्पनी नेको इन्स्योरेन्सले खूद नाफातर्फ ७३ प्रतिशतको छलाङ हानेको छ । अघिल्लो वर्षसम्म १२ करोड १५ लाख खूद नाफा कमाएको यो कम्पनीले समीक्षा अवधिमा २१ करोड नाफा कमाएको हो । 
 
यो कम्पनीले यो अवधिमा बिमा शुल्कबाट ७४ करोड ६८ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४२ करोड ७४ लाखमा सीमित थियो । यस्तै, १३ करोड ३२ लाख पुनर्बिमा कमिसनबाट आम्दानी गरेकोमा अघिल्लो वर्ष यस्तो आम्दानी ९ करोड २१ लखमा सीमित थियो । 
लगानी, कर्जा तथा अन्यबाट यो कम्पनीले ५ करोड ६४ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड ५९ लाखमा सीमित थियो । 
 
यो अवधिमा नेकोले २२ करोड ११ लाख बराबरको खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ११ करोड ९३ लाख रुपैयाँमा सीमित थियो । अभिकर्ता कमिसनबापत मात्रै ३ करोड २५ लाख खर्च भएको छ । अघिल्लो वर्ष यस्तो खर्च २ करोड ५६ लाख थियो । 
 
नेकोले जगेडा तथा कोषलाई निकै मजबुत बनाएको छ । एकसयभन्दा बढी प्रतिशतको प्रगति गर्दै अघिल्लो वर्ष ११ करोड ९ लाखमा सीमित कोषमा समीक्षा अवधिमा २३ करोड ६० लाख रुपैयाँ जम्मा भएको छ । 
 
कम्पनीको बिमा कोषतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष १८ करोड रुपैयाँ रहेको बिमा कोष बढेर २८ करोड ५१ लाखको उचाईमा पुुगेको छ । यो अवधिमा नेकोको चुक्तापूँजी ७१ करोड २८ लाखको उचाईमा पुुगेको छ । 
 
समीक्षा अवधिमा यो इन्स्योरेन्स कम्पनीको प्रति सेयर आम्दानी २९.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.११ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ३२१.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.३० गुणा कायम भएको छ ।