काठमाण्डौ । प्रभू बैंक लिमीटेडले माघ ७ गते(आज)देखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।

बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता सेयर आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो ।

इच्छुक सेयरधनीले फागुन १३ गतेभित्रमा तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् । प्रभू बैंकको २०७४ पुस ९ गते सम्पन्न १०४ औं बोर्ड बैठकले हकप्रदका लागि पुस २१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ पुस २० गतेसम्म प्रभू बैंकको सेयर खरीद गर्नेहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

प्रभूू बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर ८ अर्ब २३ करोडको उचाईमा पुुग्नेछ । 

कहाँबाट दिने आवेदन ?
हकप्रद सेयरको दरखास्त फारम पाइने तथा बुुझाउने स्थानको रुपमा सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालय, प्रभूू बैंकका सबै कार्यालय, आश्वा सदस्य बैंक तथा तिनका शाखा रहेका छन् ।