काठमाण्डौ । प्रभू बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडानम्बर ८ नारायणपथ, गणतीटावरस्थित शाखालाई केही पर स्थानान्तरण गरेको छ । 

बैंकले यो शाखालाई साबिकको स्थानबाट करिब ३०० मिटर दक्षिणतर्फ स्थानान्तरण गरेको हो । 

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोककुमार पौडेलले एक समारोहकाबीच स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गरेका हुन् । 

बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको बैंकले प्रष्ट्याएको छ ।