काठमाण्डौ । प्रभू बैंक लिमीटेड र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ११, सैंबुस्थित नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.)बीच प्रभु बैंक लिमीटेडका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटी(अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.)का तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।

प्रभु बैंक र नेपाल मेडिसिटीबीच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम प्रभु बैंक लिमीटेडका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवम् डेबिट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) प्रदान गरिने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ । 

नेपाल मेडिसिटी सँगको यस सम्झौता पश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका ग्राहकहरुले  नेपाल मेडिसिटीको उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मूल्यमा पाउने बैंकले एक विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ ।