काठमाण्डौ । जेठ १० गते बिहीबार दिन प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न सो वार्षिक साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व.०७३/०७४को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ । साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७३/७४ को एकीकृत वित्तीय विवरण पनि पारित गरको छ । 

बैंकको १६औं वार्षिक साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरु निष्कासन हुँदाका बखत लगानतीकर्ताबाट दरखास्त संकलन गर्ने, कम्तीमा एकजना महिला सञ्चालक रहने व्यवस्था मिलाउनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।  

अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन(प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याँकन गर्न मान्यताप्राप्त मूल्याँकनकर्ता नियुक्ति गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गरी सो सम्बन्धीप्रक्रिया सम्बन्धी अगाडि बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ । सञ्चालक समितको निर्णय बमोजिम रिक्त सञ्चालक पदमा नियुक्त सञ्चालकहरु  शंकरप्रसाद कालिकोटे र अन्जु अधिकारीको नियुक्तिलाई समेत अनुमोदन गरेको छ ।