काठमाण्डौ । प्रभु समूहले नेपालमा पहिलो नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रसारण (डीभीपी–टी २) मा आधारित सेवा सुरु गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु टेलिभिजनको उद्घाटन गरेका हुन् ।

सरकारबाट लाईसेन्स प्राप्त संस्थाले प्रभु टि.भि. कल साईनमा देशव्यापी रुपमा वर्षको ३६५ दिन नै उच्च गुणस्तरिय डिजिटल टिभि च्यानलहरुको प्रशारण सेवा प्रदान गर्नेछ । प्रभु टेलिभिजनले हाल बालबालिका, चलचित्र, खेलकुद, संगीत, मानोरन्जन, सूचनामुलकलगायत विभिन्न च्यानल देखाउने जनाइएको छ ।

यस प्रभु टिभि कल साईन मार्फत (डीभीपी–टी २) प्रविधि मा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय टिभि च्यानलहरु टिभि तथा ओटीटी प्रविधिमा मोवाईल, ट्याव्लेट तथा ल्याबटपमा ईन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गरिने कम्पनीले जनाएको छ । 

प्रभु टिभिको आधिकारिक सेटअप बक्स र जडान गर्न सहज एटिनाको खरीद संगै ग्राहकलाई सबै स्थानिय प्रशारित टिभि च्यानलहरुको पहुंच हुनेछ । यसका साथै अन्र्तराष्ट्रिय टिभि च्यानलहरु र विशेष कार्यक्रमहरु समेत उच्च गुण स्तरमा न्युनतम शुल्कमा हेर्न सकिनेछ ।

प्रभु ग्रुपका अध्यक्ष भट्टचनले यो प्रविधि सुरु गर्ने सार्क राष्ट्रमै नेपाल पहिलो भएको बताए । ‘सार्क राष्ट्रमै नेपाल पहिलो हो,’ उनले भने, ‘यो पुरानो प्रविधिको नयाँ जेनेरेसन हो ।’ प्रभु टीभीको औपचारिक सुरुआत गर्दैै भट्टचनले भने ‘इटहरी, धरान, विराटनगरलगायतका ठाउँमा तीन महिनाभित्र सेवा सुरु हुन्छ ।’ हाल काठमाडौं, पोखरा र चितवनमा सेवा सुरु भएको छ । त्यसैगरी, निकट भविष्यमै भैरहवा, बुटवल, नेपालगन्ज, दाङमा पनि सेवा सुरु गर्ने उनको भनाइ छ ।

सेवाग्राहीलाई ध्यानमा राखेर प्रभु टिभिले विभिन्न नयाँ प्याकेज समेत ल्याएको छ । प्रभुले एकल प्रयोगकर्ताको हकमा ६ महिनाको शुल्क एक हजार ६ सय, तथा सेटअप बक्सबापत एक हजार रुपैयाँ तथा संस्थागत प्रयोगकर्ताको लागि मासिक २ सय, सेटअप बक्सलाई ८ सय पर्ने जनाइएको छ ।

प्रभु समुहमा बैकिङ्ग, विमा, लघुवित्त, क्यापिटल मार्केट, हेलिकप्टर, व्यवस्थापन र संचार क्षेत्र संग सम्बन्धित विभिन्न कम्पनीहरु आवद्ध रहेका छन ।