काठमाण्डौ । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता भएको छ । 

प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवामा सहुलियत प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागू हुने बताइएको छ । 

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चीत बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिएका छन् ।

सो अवसरमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले प्रभु इन्सुरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जाँच गराउन पाएकोमा खुशी व्यक्त गरे भने इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताए ।